Logo

भारतले बालबालिकालाई कोरोनाबाट बचाउने खोप परीक्षण गर्दै, दुई वर्षमाथिका बच्चालाई लगाउन सकिने

भारतले बालबालिकालाई कोरोनाबाट बचाउने खोप परीक्षण गर्दै, दुई वर्षमाथिका बच्चालाई लगाउन सकिने



काठमाडौं । भारत बायोटेकले उत्पादन गरेको कोरोनाविरुद्धको खोप परिक्षणका लागि अनुमति पाएको छ । भारतको औषधि व्यवस्था नियामकका विषयविज्ञहरुको समुह (एसईसी) ले २ देखि १८ बर्ष उमेर समुहका बालबालिकामा उक्त कोभ्याक्सिन परीक्षण गर्न अनुमति दिएको हो ।

उक्त परीक्षण दिल्ली र पटनाका ५ सय २५ जनामा गरिने बताईएको छ । मंगलबार मात्रै भारतस्थित केन्द्रिय औषधि मानक नियन्त्रण संघका विज्ञहरुले पनि यसको क्लिनिकल परिक्षणका लागि अनुमति चाहिएको जानकारी दिएको थियो । यसमार्फत बालबालिकामा रोग प्रतिरोधी क्षमता र कोरोना परास्त गर्ने क्षमता रहेको बताईएको छ ।

उक्त परिक्षण विभिन्न २ चरणमा गरिने बताईएको छ । जसमा लागि ३ हप्ताको समय छ्ट्याईएको छ । कोरोना संक्रमित र संक्रमण नभएकाहरुलाई यो खोप परिक्षण गरी त्यसको २ हप्तापछि यसको परिणाम लिईने बताईएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL