Logo

संसदमा प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत, पक्षमा ९३ विपक्षमा १२४ मत

संसदमा प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत, पक्षमा ९३ विपक्षमा १२४ मत



काठमाडौं । संघीय संसदबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएका छन् । प्रधानमन्त्री ओलीले आज संसदमा आफ्नो पक्षमा विश्वासको मत लिन विशेष संसद बैंठक आब्हान गरेकोको उनले उक्त मत गुमाएका छन् ।

संघीय संसदमा उनले आफ्नो पक्षमा माग गरको विश्वासको मतमा उनको पक्षमा ९३ मत मात्रै परेको छ । कुल २७५ संसदहरु भएको संसदमा उनले विश्वासको मत पाउने उनको पक्षमा १३८ मत आवश्यक पर्दछ ।

संघीय संसदको कुल २७५ संसदमध्ये आज भएको मतदानमा २३२ मत खसेको थियो । जसमध्ये प्रधानमन्त्री ओलीको पक्षमा ९३, उनको विपक्षमा १२४ मत र ततस्थमा १५ मत खसेको थियो । हाल संघीय संसदका ४ जना संसद निलम्बित छन् ।

संसदको भएको विश्वासको मतको पक्षमा मतदान गर्न प्रधानमन्त्री ओली नेतृत्व पार्टी नेकपा एमालेकै माधब नेपाल र झलनाथ खनाल समुहका संसदहरु अनुपस्थित भएसँगै उनको आफ्नो पक्षमा ९३ मत मात्रै पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्