Logo

आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने केन्द्रिय तथ्याङ्क विभागको प्रक्षेपण, कुन क्षेत्रको योगदान कति ?

आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने केन्द्रिय तथ्याङ्क विभागको प्रक्षेपण, कुन क्षेत्रको योगदान कति ?



काठमाडौं । तथ्यांक विभागले नेपालले चालु आर्थिक बर्ष कुल ग्राहस्थ उत्पादन (जिडीपी)मा ४ दशमलव .१ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेको छ । विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ९ महिनासम्मका आर्थिक आँकडाहरुलाई आँकलन गर्दा यस्तो वृद्धिदर हुने प्रक्षेपण गरिएको हो ।

गत बर्षको यहि अवधिमा नेपालको जिडीपी वृद्धिदर २ दशमलव १२ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको थियो ।
तर आर्थिक बर्ष २०७५/७६ मा यस्तो वृद्धि ६ दशमलव ३९ प्रतिशतले हुने प्रक्षेपण गरिएको थियो । विभागका अनुसार चालु आर्थिक बर्षको कुल ग्राहस्थ उत्पादनमा प्राथमिक क्षेत्र अर्थात कृषि, वन र मत्स्य क्षेत्रको योगदान २६ दशमलव ४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । साथै द्वित्तिय क्षेत्रमा पर्ने उद्योग र विद्युत तथा ग्याँस, पानीको आपुर्ति तथा निर्माण क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा १२ दशमलव ५ प्रतिशतको हिस्सा ओगट्ने अनुमान गरिएको छ ।

चालु आर्थिक बर्षको कुल ग्राहस्थ उत्पादनमा ६१ दशमलव १ प्रतिशत हिस्सा सेवा क्षेत्रले ओगट्ने बताईएको छ । विभागले कोरोना महामारी फैलिईरहेको अवस्थालाई मध्यनजर गरेरै पनि चालु आवमा नेपालको आर्थिक वृद्धि धनात्मक हुने प्रक्षेपण गरेको हो । जसमा केही असर कोरोनाको पर्ने विभागले जनाएको छ । विभागले चालु आवको अन्तिमसम्म अर्थतन्त्र राम्रै संचालन हुने भएपनि होटललगायत भोजन उपलब्ध गराउने क्षेत्रमा भने नकारात्मक असर रहिरहने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL