Logo

विश्वभर कोरोनाविरुद्धको खोप लगाउनेको संख्या बढ्दैं, कुन देशका कतिले लगाए कोरोना खोप ?

विश्वभर कोरोनाविरुद्धको खोप लगाउनेको संख्या बढ्दैं, कुन देशका कतिले लगाए कोरोना खोप ?



काठमाडौं । कोरोना महामारी (कोभिड–१९) ले संसारलाई आक्रान्त पारेको समय अर्थात एकबर्ष अघि हामीमध्ये धेरै जनालाई कोरोना भाइरसको महामारीविरुद्धको भ्याक्सिन (खोप) एक वर्षपछि नै आउँछ भन्ने आाशा पनि थिएन ।

त्यो समय विश्व कोरोेनाको संकटबाट कहिले निस्किएला भन्ने पनि अनुमान गर्न पनि गाह्रो थियो । तर, हाल हामीले भ्याक्सिन लगाउने अवसर पाएका छौं भने विश्वको धेरै भागमा खोप पुगिपनि सकेको छ र यस्तै विश्वका करोड बढी मानिसहरुले यसको पहिलो डोज लगाइसकेका छन् ।

कोरोना खोपको दु्रुत विकासलाई विशेषज्ञहरुले वैज्ञानिक सफलता मानेका छन् । कतिपय भ्याक्सिनहरु विकास गर्न कम्तिमा पनि १० बर्षको समय लाग्छ । तर, एक बर्षभन्दा कम समयमै निर्माण भएको कोरोनाविरुद्धको भ्याक्सिनलाई भने वरदान नै मानिएको छ ।

हालसम्म विश्वका सबैभन्दा धेरै नागरिकलाई भ्याक्सिन दिने राष्ट्रमा इजरायल रहेको छ । इजरायलले हालसम्म आफ्ना १ सय १४ प्रतिशत नागरिकलाई कोरोनाको भ्याक्सिन लगाईसकेको छ । अर्थात उक्त देशका शतप्रतिशत नागरिकले पहिलो डोजसँंगै १४ प्रतिशतले दोस्रो डोज पनि लगाईसकेका छन् ।

यस्तै आफ्ना धेरै नागरिकलाई भ्याक्सिनको पहँुच पुर्याउने दोस्रो देशको रुपमा भने यूएई रहेको छ । यूएईका ८० दशमलव ४ प्रतिशत जनताले कोरोना विरुद्धको भ्याक्सिन लगाईसकेको बताईएको छ । नेपालमा पनि १५ लाख भन्दा बढी नागरिकले पहिलो डोज खोप लगाइसकेका छन् ।

साथै धेरै जनतालाई कोरोना विरुद्धको खोप प्रदान गर्ने राष्ट्रहरुमा क्रमशः चिली, बेलायत, बहराईन, अमेकिालगायतका देशहरु परेका छन् । पछिल्लो समय कोरोनाविरुद्धको खोपहरु प्रदान गर्दै गर्दा विभिन्न प्रश्नहरु आइरहे पनि यो प्राकृतिक भएको विज्ञहरु बताउँछन् । अन्तराष्ट्रिय समाचार माध्यमको समाचारमा आधारित अनुवाद

Capture

प्रतिक्रिया दिनुहोस्
MBL