Logo

३२ प्रतिशतले बढ्यो बीमाको प्रिमियम संकलन, २२ प्रतिशत बढी जनतामा पहुँच

३२ प्रतिशतले बढ्यो बीमाको प्रिमियम संकलन, २२ प्रतिशत बढी जनतामा पहुँच



काठमाडौं । चालु आर्थिक बर्षको माघ महिनामा बीमा प्रिमियम संकलन ३२ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षको माघ महिनासम्म ६९ अर्ब ९२ करोड रुपैयाँ पुगेको बीमा प्रिमियम संकलन चालु आवको सोही अवधिमा ३२ दशमलव २ प्रतिशतले बढेर ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको हो ।

यस्तै गत आवको तुलनामा चालु आवमो माघ महिनामा बीमालेख विक्रीसमेत ९ दशमलव ३ प्रतिशतले विक्री भई ७२ लाख ४३ हजार ५ सय पुगेको छ । अर्थ मन्त्रालयले जारी गरेको अर्थ बुलेटिन अनुसार चालु आवको ७ महिनामा कुल बीमा प्रिमियमको ८१ दशमलव ८ प्रतिशत हिस्सा जिवन बीमा र १८ दशमलव २ प्रतिशत हिस्सा निर्जिवन बीमा क्षेत्रले ओगटेको छ ।

यस्तै चालु आवको माघ महिनासम्म मात्रै नेपालमा बीमा क्षेत्रको दायरा विस्तार भई २२ दशमलव ८ प्रतिशत जनसंख्यासम्म यसको पहुँच पुगेको छ । यस्तै वैदेशिक रोजगारसमेतको बीमा लेख जोड्दा कुल बीमाको दायरामा आएको जनसंख्या २५ दशमलव २ प्रतिशत रहेको छ ।

गत आर्थिक बर्ष बीमाको पहुँचसम्म पुगेको जनसंख्या २० दशमलव ९ प्रतिशत रहेको थियो भने वैदेशीक रोजगारीमा गएको संख्यालाई जोड्दा २३ दशमलव ८ प्रतिशत हुन आउँथ्यो ।
नेपालमा हाल १९ जिवन बीमा र २० ओटा निर्जिवन बीमा कम्पनीहरुले बीमा सेवा उपलब्ध गराउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL