बिजखबर संवाददाता ९ चैत,काठमाडौं । कुवेती कोषले सिँचाइ प्रणाली सुधार आयोजनाका लागि रू.१ अर्ब ६८ करोड ३० लाख ऋण प्रदान गर्ने भएको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनी र कोषका उप निर्देशक हमद एसअल–ओमरले सो सम्झौतामा हस्ताक्षर गरेका छन् । कोषले उक्त परियोजनामार्फत मध्य तथा…