चालकको एकाग्रता गुमेको कारण गत जेठ २० सिन्धुपाल्चोकमा भएको माउन्टेन एयरक्राफ्टको दुर्घटना भएको पाइएको छ । सरकारले गठन गरेको दुर्घटना जाँच आयोगले बिहीबार पर्यटनमन्त्री कृपासुर शेर्पालाई बुझाएको प्रतिवेदनले यस्तो देखाएको हो । सिन्धुपाल्चोकको यमुनाडाँडामा भएको माउन्टेन हेलिकोप्टरको एयरक्राफ्ट (९एन–एजेपी) चालकसँगै बसेको यात्रुसँग कुराकानी गर्दा हेलिकोप्टर दुर्घटना भएको सो प्रतिवेदनमा उल्लेख छ । साथै…