काठमाडौं । सरकारले २०७३ सालको शुरुवातसँगै सवारी धनी पूर्जा (ब्लुबुक)लाई स्मार्ट कार्डमा परिवर्तन गर्ने भएको छ । मौजुदा कागजी ब्लुबुकलाई स्मार्टकार्डमा परिवर्तन गर्नका लागि सम्पूर्ण तयारी पुरा भएको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । साथै, नयाँ बर्षको शुरुवातसँगै सवारीधनीले स्मार्टकार्ड पाउने उनको भनाइ छ । विभागले लाइसेन्स र सवारीधनी पूर्जा (व्लूबुक) दुवैलाई स्मार्टकार्डमा…