काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकामा निर्माण सम्पन्न प्रमाणपत्र लिनेको संख्यामा कमी आएको छ । भवनको निर्माण सम्पन्न प्रमाणपत्र लिनेको संख्या करिव ८० प्रतिशतले घटेको महानगरपालिकाका सहरी विकास विभाग प्रमुख इनिजिनियर राम थापाले बताए । उनका अनुसार हाल निर्माण सम्पन्न प्रमाणपत्र लिनका लागि दैनिक ५ ओटा आवेदन आउने गरेको छ । पहिला दैनिक २० ओटासम्म…