काठमाडौं । यस पटकको दशैमा पनि नयाँ बस नथपिने भएको छ । यातायात व्यवसायीहरुले दशै तिहारजस्ता चाडपर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्याउन नयाँ बस थप्ने गरेपनि यस पटक भने नथपिने भएको छ । सरकारको नीतिगत अस्पष्टताका कारण यस पटक नयाँ बस नथप्ने निर्णय गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष डोलनाथ खनालले जानकारी दिए ।…