काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ताको शुक्रबार प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको हो । यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।…