Logo

परराष्ट्रमन्त्री र पाकिस्तानी राजदूतबीच भेट, दुई देशबीचको हवाई मार्ग जोड्नेबारे छलफल

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विषयमा छलफल भयो । सो अवसरमा परराष्ट्रमन्त्री महराले दुई देशबीचको हवाई मार्ग जोडिनुपर्ने बताउँदै त्यसका लागि दुवै पक्षले पहल गर्नुपर्ने बताए । द्विपक्षीय परामर्श संयन्त्रमार्फत…