काठमाडौं । काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको दुई दिनपछी सर्लाहीमा अर्का व्यवसायीको हत्या भएको छ । गौचनको हत्यारा पत्ता नलाग्दै सुन व्यवसायी सुनिल साहको हत्या भएको हो । मंगलबार बेलुका हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै गरेका अवस्थामा कविलासी गाउँपालिका–३ पिपरियाका साहलाई अपरिचित समूहले गोली प्रहार गरेका थिए…