काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार तेह्रथुम जाँदैछन् । आठराईस्थित प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटनका लागि ओली हेलिकप्टरमार्फत आठराई आउन लागेको तेह्रथुमका प्रदेश सांसद किशोरचन्द्र दुलालले जानकारी दिए । ओली बिहान साढे १० बजे तेह्रथुम आइपग्ने तेह्रथुमका सांसद सीता गुरुङले जानकारी दिएकी छन् । ओलीको स्वागतका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायत…