Logo

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्य सूची



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । स्वचालित मूल्य प्रणाली अनुरुप निगमले ईण्डियन आयल करपोरेशनले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको जानकारी दिएको छ ।

नयाँ मूल्य अनुसार निगमले पेट्रोल तथा डिजेल÷ मट्टितेलको साबिकको खुद्रा बिकि मूल्यमा प्रति लिटर २ रुपैयाँले वृद्धि गरेको छ । जस अनुसार अब पेट्रोलको प्रतिलिटर ११८ र डिजेल÷मट्टितेलको प्रतिलिटर १०१ पुगेको छ । यसैगरी हवाई ईन्धन (आन्तरिक तथा वाह्य उडानतर्फ क्रमशः ५ रुपैयाँ र २५ डलरले बढेको छ । सो मूल्य समायोजन पश्चात् पनि निगमलाई अर्धमासिक रुपमा १ अर्ब ३२ करोड़ घाटा हुने जानकारी दिएको छ ।

यदि नयाँ मूल्य अनुसार मूल्य समायोजन नगर्दा निगमलाई अर्धमासिक रुपमा १ अर्ब ४८ करोड ७७ लाख घाटा हुने अवस्था रहेकोले जानकारी दिएको छ । निगमले बढाएको मूल्य मंगलबार राती १२ बजेदेखि लागू हुने छ । निगमले एलपी ग्याँको मूल्य भने यथावत नै राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL