काठमाडौं । आईएमइले दशैतिहारका अवसर पारि सञ्चालन गरेको उपहार योजनामा व्रिजेशकुमार यादव विजेता बनेका छन् । उनले १० लाख रकम प्राप्त गरेका हुन् ।
बिहीवार काठमाडौं आयोजीत एक कार्यक्रमबीच यादवका नातेदार कपिलबस्तुकी शान्ति यादवलाई सो पुरस्कार हस्तान्तरण गरिएको हो । उनले मलेसियाबाट ९९ हजार ७ सय ७ रुपैयाँ आईआएमइ मार्फत नेपाल पठाएका थिए ।
सो उपहार योजना अन्तर्गत हालसम्म ७० जनाले पुरस्कार प्राप्त गरेका छन् । जसमा आइएमइले हरेक दिन १ जनालाई ५ हजार र हरेक हप्ता ५० हजारको रकम बचत गरिदिएको बताइएको छ ।
आइएमइले असोज १ गतेदेखि सञ्चालन गरेको योजना कात्तिक २० गतेसम्म लागु भएको थियो ।
आइएमइको देशभर ४ हजार भन्दा बढी एजेन्ट छ । साथै विश्वका २५ मुलुकबाट आइएमइ मार्फत रकम पठाउन सकिन्छ ।