काठमाडौं । नेपाल आयल निगमले आज ४२ हजार लिटर पेट्रोल वितरणका लागि विभिन्न पम्पमा पठाएको छ। निगमले सरकारी तथा अत्यावश्यक सवारी साधनका लागि भन्दै पठाएको हो ।
त्यस्तै सार्वजनिक सवारी साधनका लागि भनेर २ लाख ४४ हजार लिटर डिजेल पनि विभिन्न पम्पहरुमा पठाइएको छ। यता निजी मोटरसाइकल तथा कार–भ्यान पनि केही दिनभित्र तेल वितरणको तयारी भएको जानकारी दिएको छ ।