Logo

वैद्यको नेतृत्वमा महासंघको स्थानिय आार्थिक विकास समिति विस्तार, सहसभापतिमा डालमिया र श्रेष्ठ चयन

वैद्यको नेतृत्वमा महासंघको स्थानिय आार्थिक विकास समिति विस्तार, सहसभापतिमा डालमिया र श्रेष्ठ चयन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित स्थानिय आार्थिक विकास समिति हालै विस्तार भएको छ । समितिको सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् ।

समितिका सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू चक्र बहादुर अधिकारी, कुबिर कुमार श्रेष्ठ, अमृत भट्टचन, गजेन्द्रकुमार भगत, गोपाल केडिया र आर एण्ड डी इनोभेशन सोलुशन प्रा.लि.का अध्यक्ष सुनिता नेमाफुकी रहेका छन् ।

समितिमा बिशेष आमन्त्रित सदस्यमा टिकापुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष परशुराम चपाई, बझाङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली, दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर विक, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बीर बहादुर राउत, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापति, दोलखा उद्यँेग वाणिज्य संघका पूर्व उपाध्यक्ष दिनेश बस्नेत, रामेछाप उद्योग वाणिज्य संघका सल्लाहकार जेएन दाहाल, ललितपुर उद्योग वाणिज्य संघका सदस्य मिलन शाक्य, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेद बहादुर श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ,गौशाला उद्योग वाणिज्य सघका अध्यक्ष रामराजा प्रसाद साह रहेका छन् ।

यसैगरि उद्योग वाणिज्य संघ इटहरीका सचिव विष्णुनारायण डांगी, सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष शिवराज श्रेष्ठ, झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु(राजु), ओेखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्के, नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन), नयां बानेश्वरका कोषाध्यक्ष दिपक पनेरु, देवचुली उद्योग वाणिज्य संघ, नवलपरासीका अध्यक्ष रेशमलाल सापकोटा, उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठ, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, गुर्खा इनकाउन्टर प्रा.लि.का प्रतिमा भट्ट समितिमा विशेष आमन्त्रित सदस्य रहेका छन् । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व सचिव हरिहर सुवेदी समितिको सल्लाहकारमा चयन भएका छन् ।

समिति विस्तार कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले स्थानीय तहमा आर्थिक विकासका सम्भाव्यताहरूको पहिचान गरी सोही अनुसार कार्यक्रम तय गर्न र महासंघका तर्फबाट नेपाल सरकारमा के कस्तो सल्लाह सुझाव दिंदा स्थानीय आर्थिक विकासका माध्यमबाट स्थानीय जनताको जीवनस्तर सुधार, उद्यमशीलता विकास र रोजगारी सृजनामा सहयोग पु¥याउन सकिन्छ सोही अनुसार समितिलाई क्रियाशिल राख्न सुझाव दिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठले समितिलाई बधाई दिंदै स्थानीय शीप, स्रोत साधन र कच्चा पदार्थमा आधारित उद्योग व्यवसाय विस्तारका लागि महासंघका तर्फबाट के कसरी सहयोग गर्न सकिन्छ सोको पहिचान सहित अगाडी बढ्न समितिलाई शुभ–कामना दिए । तत्पश्चात समितिका सभापति बैद्यको सभापतित्वमा बसेको बैठकले स्थानीय आर्थिक विकासको लागि के कस्ता कार्य गरी अगाडि बढन सकिन्छ सो विषयको पहिचानका लागि छिट्टै एक कार्यशाला गोष्ठी गरी आगामी कार्ययोजना तयार गर्ने गरी निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL