काठमाडौं । नेपाल आयल निगमले उपत्यकाका विभिन्न स्थानबाट मट्टितेल वितरण गर्दै छ । निगमले शुक्रवार ९६ हजार लिटर मट्टितेल वितरण गर्दैछ।
निगमले विभिन्न पेट्रोलियम डिलरहरुबाट यो परिमाणमा मट्टितेल वितरण गर्न लागेको हो । उपत्यकाका ३२ वटा पेट्रोल पम्पमार्फत मट्टितेल वितरण गर्न लागेको निगमले जानकारी दिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रत्येक पम्पमार्फत ३ हजार लिटरका दरले मट्टितेल वितरण गर्न लागेको हो ।