Logo

सुनको मूल्यमा प्रतितोला ४ सय रुपैयाँको वृद्धि, यस्तो छ आज बजार भाउ

सुनको मूल्यमा प्रतितोला ४ सय रुपैयाँको वृद्धि, यस्तो छ आज बजार भाउ



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा सामानय वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सयले बढेर ८६ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ८६ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार १५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने आज स्थिर रहदै प्रतितोला १२ सय ७० मै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL