Logo

विश्वका तीनमध्ये एक पर्यटन गन्तब्य अझै पूर्ण रुपमा बन्द, यात्रा प्रतिबन्ध प्रमुख चुनौती

विश्वका तीनमध्ये एक पर्यटन गन्तब्य अझै पूर्ण रुपमा बन्द, यात्रा प्रतिबन्ध प्रमुख चुनौती



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । कोभिडका कारण पर्यटन क्षेत्र करीब १५ महिनायता लगभग बन्द अवस्थामा छ । खर्बौ रुपैयाँ लगानी भएको नेपालको पर्यटन क्षेत्रसमेत कोरोनाका कारण संकटको अवस्थामा पुगेको छ । यसै सन्दर्भमा विश्व पर्यटन संगठन (युनडब्लुटीओ) ले एक अध्ययन प्रतिवेदन (युएनडब्ल्यूटीओ यात्रा प्रतिबन्ध रिपोर्टको नवौं संस्करण) सार्वजनिक गर्दै विश्वव्यापी तीन स्थानहरू मध्ये एक पर्यटन गन्तब्य अहिलेसम्म पनि पूर्ण रूपमा बन्द रहेको सर्वाजनिक गरेको छ ।

संगठनको पछिल्लो तथ्यांककका अनुसार, कोभिड–१९ भाइरसको नयाँ रूपको उदयले धेरै सरकारहरूको यात्रा (ट्राभल) प्रतिबन्ध घटाउने प्रयासलाई उल्ट्याउन प्रेरित गरेको छ । जसका कारण धेरैजसो एशिया, प्रशान्त महासागर र यूरोपका देशहरु पर्यटकहरूको लागि बन्द भएका छन् ।

युनडब्लुटीआकोे प्रतिवेदनले दुनियाँभरका २१७ गन्तव्यहरुमा यात्रा प्रतिबन्धबारेका नियमहरुको एक व्यापक विश्लेषण गरेको छ । यद्यपि अघिल्ला प्रतिवेदनहरुमा यात्रामा प्रतिबन्ध घटाउने वा हटाउनेतर्फ धेरै सरकारले कदम चाल्दै गरेको देखाए पनि भर्खरको रिपोर्टले भने महामारीको स्थितिमा लगातार आइरहेका गम्भीर र चिन्ताजनक फेरबदलहरुले सरकारहरूलाई बढी सतर्क बनाएको उल्लेख छ ।

फेब्रुअरीको सुरुवातदेखि, विश्वभरका सबै गन्तव्यहरूको ३२ प्रतिशत (कुल ६९ गन्तब्य) पूर्ण रूपमा अन्तर्राष्ट्रिय पर्यटन बन्द छ । यी मध्ये, आधा भन्दा बढी (३८ गन्तब्य) कम्तीमा ४० हप्ताको लागि बन्द गरिएको छ । यही समयमा, विश्वव्यापी ३४ प्रतिशत गन्तव्यहरू आंशिक रूपमा अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि बन्द छन् ।

unwto data

युएनडब्ल्यूटीओका महासचिव जुराब पोलाइश्विली भन्छन–‘भाइरसको फैलावट रोक्न यात्रा प्रतिबन्धहरू व्यापक रूपमा प्रयोग गरिएको छ । अब, हामी पर्यटन पुनः सुरु गर्न काम गर्ने क्रममा, हामीले बुझ्नुपर्छ कि यात्रा प्रतिबन्ध समाधानको एक अंश मात्र हो । यात्रा प्रतिबन्ध ताजा तथ्यांक र विश्लेषणमा आधारित हुनुपर्दछ र सुरक्षित र जिम्मेवार क्षेत्रका लागि पुनः पर्यटन सुरु गर्नका लागि अनुमति दिनुपर्छ, जहाँ लाखौं व्यवसाय र रोजगारीमा निर्भर रहेको छ ।’

क्षेत्रीय भिन्नता स्पष्ट

प्रतिवेदनका अनुसार यात्रा प्रतिबन्धको सम्बन्धमा क्षेत्रीय भिन्नताहरू स्पष्ट देखिएका छन् । पर्यटकीय गन्तब्यहरु मध्ये जहाँको सिमाना पर्यटकहरुका लागि एशिया र प्रशान्त क्षेत्रमा ३०, युरोपमा १५, अफ्रिकामा ११, अमेरिकामा १० र मध्य पूर्वमा ३ पर्यटकीय गन्तब्यहरु पूर्ण रुपमा बन्द छन् ।

यही समयमा अधिक प्रतिबन्धात्मक यात्रा प्रतिबन्ध लागू गर्न जोखिममा आधारित दृष्टिकोण अपनाउने पनि औंल्याएको छ । अहिले विश्वव्यापी धेरै गन्तव्यहरूमा अन्तर्राष्ट्रिय टुरिस्टहरूले नकारात्मक पीसीआर वा एन्टिजेन परीक्षण र ट्रेसिङको लागि सम्पर्क विवरण पनि संकलन गगरिरहेका छन् । वास्तवमा, संसारभरि सबै अन्तर्राष्ट्रिय आगमनको लागि प्रायः क्वोरन्टाइनसँग मिल्दोजुल्दो ३२ प्रतिशत गन्तव्यहरूले विभिन्न परीक्षणहरू गर्ने गरेका छन् ।

प्रमुख पर्यटन बजारहरू सतर्क हुनुपर्छ

युएनडब्ल्यूटीओले पर्यटनको पुनः स्थापनाको नेतृत्व गर्ने क्रममा ट्राभल रेस्ट्रिक्टेस रिपोर्टले विभिन्न सरकारहरूले कसरी आफ्नै नागरिकहरूलाई सल्लाह दिइरहेका छन् भनेर उल्लेख गरेको छ । युएनडब्ल्यूटीओले पर्यटन पुनः सुरु गर्न र पुर्नस्थापित गर्न सरकारले जारी गरेको सल्लाहले महत्वपूर्ण भूमिका खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL