काठमाडौं । नेपाल आयल निगमले देशका विभिन्न नाकाबाट भित्रिएको इन्धनको विवरण सार्वजनिक गरेको छ । निगमले कात्तिक २९ र ३० गते भित्रिएको इन्धन २ दिनपछि सार्वजनिक गरेको हो ।
तथ्याङ्कअनुसार यस अवधिमा ति नाकाहरुबाट ३५ वटा एलपी ग्यासका बुलेटहरु भित्रिएका छन्। त्यसैगरी ८ ट्याङ्कर पेट्रोल र ७९ ट्याङ्कर डिजेल भित्रिएको निगमले सो तथ्यांकले देखाएके छ ।
२ दिनमा मट्टितेल १ र हवाई इन्धनका ३ ट्याङ्कर भित्रिएको छ ।