Logo

इपीएस भाषा परीक्षा पास गरेकाको स्वास्थ्य परीक्षण शुरु, १ हप्ता चल्ने

इपीएस भाषा परीक्षा पास गरेकाको स्वास्थ्य परीक्षण शुरु, १ हप्ता चल्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कोरिया जान ईपीएस भाषा परीक्षा पास गरेकाहरूको बुधबारदेखि स्वास्थ्य परीक्षण सुरु भएको छ । स्वास्थ्य परीक्षणमा सफल नभए भाषा परीक्षा पास गरे पनि कोरिया जान नपाइने नियम छ ।

स्वास्थ्य परीक्षामा पास भएपछि मात्र रोजगारदाताले छान्ने सूची रोस्टरमा नाम समावेश गरिने प्रावधान छ । सन् २०१६ मा दक्षिण कोरिया जानका लागि भाषा परीक्षा पास गरेका युवाको ईपीएस कोरिया शाखाले बुधबारदेखि स्वास्थ्य परीक्षण गर्ने बताएको छ । परीक्षण १ हप्तासम्म चल्ने छ ।

शाखाका अनुसार पाटन अस्पताल, टेकु, सिभिल र कोरियामैत्री अस्पतालबाट मात्र स्वास्थ्य परीक्षण गर्न पाइनेछ । स्वास्थ्य परीक्ष पछिको रिपोर्ट अस्पतालले सीधै ईपीएस कार्यालयलाई दिनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्
MBL