Logo

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूलयमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सयले बढेर ८६ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ८५ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ७५० रहेको छ । त्यसैगरी आज चाँदी भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL