Logo

एलआईसी नेपालको सधारणसभा सम्पन्न, सेयरधनीका लागि साढे १० प्रतिशत लाभांश पारित

एलआईसी नेपालको सधारणसभा सम्पन्न, सेयरधनीका लागि साढे १० प्रतिशत लाभांश पारित



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडको १८औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । एलआईसी नेपालको काठमाडौंमा सम्पन्न साधारण सभाले आ।व। २०७५र०७६ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश पारित गरेको छ । यसअन्तर्गत १० प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश रहेका छन्।

आ।व। २०७५र०७६ मा कम्पनीले १ लाख ८९ हजार ३२० नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क आम्दानीबापत ४ अर्ब २२ करोड ८३ लाख रुपैयाँ संकलन गर्न सफल भएको कम्पनीले जनाएको छ। २०७६ असार मसान्तसम्ममा यस कम्पनीमा सक्रिय बीमालेखहरुको संख्या ७ लाख ३५ हजार ७४५ र कुल जीवन बीमा कोषमा ५३ अर्ब ८७ करोड ७३ लाख संकलन भएको छ ।

आ।व। २०७५र०७६ मा कम्पनीको कुल जीवन बीमा कोषमा २७.४८ प्रतिशत, प्रथम बीमाशूल्क आर्जनमा ४६.३६ प्रतिशत, बीमालेख संख्यामा ४२.०९ प्रतिशत, लगानीतर्फ २३.६५ प्रतिशत र लगानीबाट प्राप्त आम्दानीमा २१.९२ प्रतिशतको वृद्धिदर रहेको थियो ।

१८औं वार्षिक साधारणसभाले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने १ जना पब्लिक डाइरेक्टरमा कोमल अग्रवाललाई निर्विरोध चयन गरेको छ । कम्पनीका अध्यक्ष एमआर कुमारले सबै सेयरधनीहरुलाई समय र सुझावका लागि धन्यवाद दिदैं एलआईसी नेपालको १९औं (आव २०७६र०७७) को वार्षिक साधारणसभा पनि यथासक्य चाँडो सम्पन्न गरिने बताए । आव २०७६र०७७ मा कोभिड १९ महामारीले व्यवसायमा असर गरेको जानकारी उनले दिए ।

चालू आव २०७७र०७८ को दोस्रो त्रैमासिकभित्र कम्पनीले राम्रो गरिरहेको बताउँदै उनले प्रथम बीमाशुल्क आर्जनमा २०.२४ प्रतिशतको वृद्धिदरका साथ कुल बीमाशुल्क आर्जन ९ अर्ब ६१ करोड १८ लाख आर्जन गरेको र कम्पनीको कूल जीवन बीमा कोषमा ७४ अर्ब २४ करोड ४९ लाख जम्मा गर्न सफल भएको समेत जानकारी दिए ।

सभामा सञ्चालक समितिका अन्य सञ्चालकहरु मुकेश कुमार गुप्ता, अशोककुमार अग्रवाल, कुमार केशर विष्ट, भिके कुक्रेजा र लक्ष्मीप्रसाद दास उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्
MBL