Logo

सुनको मूल्य घट्यो, प्रतितोला ८५ हजार ६ सयमा कारोबार हुँदैं

सुनको मूल्य घट्यो, प्रतितोला ८५ हजार ६ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सयले घटेर ८५ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ८६ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार १५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL