काठमाडौं । नेपाल ग्याँसले बुधबार उपत्यकामा विभिन्न ३० वटा डिलरबाट ग्याँस वितर गर्ने भएको छ । भर्खरैमात्र सीमा नाकाबाट केही बुलेट ग्याँस भित्रिएकाले ग्याँस वितरणलाई तिब्र रुपमा अघि बढाइएको नेपाल ग्याँसका कार्यकारी दिर्नेशक गोकुल भण्डारीले बताए ।
भण्डारीका अनुसार बुधबार काठमाडौं जिल्ला भित्रका डिपोबाट ग्याँस वितरण गर्न लागिएको हो । ३० वटा डिपोबाट २ हजार २ सय ४० सिलिण्डर ग्याँस वितरण गरिने भएको छ । बुधबार एउटा डिपोबाट ७० देखि १ सय ४० सिलिण्डर ग्याँस वितरण गरिने छ ।
काठमाडौं उपत्यकामा नेपाल ग्याँसको २ सय ५० वटा डिपो रहेको छ । आगामी ३ दिनभित्र सवै डिपोबाट ग्याँस वितरण गरिने समेत उनले जानकारी दिए । ‘हाद नेपाल ग्याँसको केही बुलेट सीमाबाट नेपाल भित्रिएको छ,’ उनले भने, ‘केही बुलेट ग्याँस भित्रन लागेकोले सवै डिपोबाट ७० देखि ३ सय ५० सिलिण्डर ग्याँस वितरण गर्ने छौं ।’
पुराना पैसा बुझाएका तथा नाम लेखाएका भन्दा पनि लाइनमा वसेका ग्राहकलाई प्राथमिकता दिएर ग्याँस वितरण गरिने समेत भण्डारीले जानकारी दिए ।
कहाँ–कहाँ बाडिँदै छ हेर्नुहोस सुचिमा ।