Logo

ओली-प्रचण्डको नेकपा खारेज, सर्वोच्च अदालतले दियो ऋषि कट्टेलको पक्षमा फैसला

ओली-प्रचण्डको नेकपा खारेज, सर्वोच्च अदालतले दियो ऋषि कट्टेलको पक्षमा फैसला



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो । यससँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि ओली प्रचण्डको नेकपा खारेज भएको हो ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता कट्टेललाई दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL