Logo

कोरोनाबाट बिदेशमा यो साता थप २ नेपालीको निधन, बिदेशमा अहिलेसम्म कोरोनाबाट ३४१ नेपालीको मृत्यु

कोरोनाबाट बिदेशमा यो साता थप २ नेपालीको निधन, बिदेशमा अहिलेसम्म कोरोनाबाट ३४१ नेपालीको मृत्यु



 काठमाडौं ।  कोरोनाबाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार निधन भएका उनीहरु बेलायतमा बस्दै आएका थिए  । 

शनिबार साँझसम्म ३४१ नेपालीको कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको छ । हालसम्म  २१ देशमा रहेका नेपालीको कोरोना सङ्क्रमणले निधन भएका हो । हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपाली सङ्क्रमित भएका छन् । 

सङ्घका अनुसार कोरोनाका कारण हालसम्म सबै भन्दा बढी साउदी अरबमा ८८, बेलायतमा ८६ र यूएइमा ५० जना नेपालीको ज्यान गएको ‘कोभिड १९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिएको छ । 
    
शनिबार साँझसम्म विभिन्न मुलुकका ६२  हजार ९८१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार ६२८ कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ ।  गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यस स्वीडेन, मलेसिया, युएई र पोर्चुगलमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । 

यस्तै कोरोना भाइरसका कारण नेपालमा तीन हजार १० जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७४ हजार ६०८ भने दुई लाख ७० हजार ७७७ जना अर्थात ९८ दशमलव ६ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL