Logo

काठमाडौंको चाबहिलमा होलसेल तरकारी तथा फलफूल बजार सञ्चालनमा, २५० वटा स्टलबाट विक्री शुरु

काठमाडौंको चाबहिलमा होलसेल तरकारी तथा फलफूल बजार सञ्चालनमा, २५० वटा स्टलबाट विक्री शुरु



काठमाडौं । काठमाडौंको चाबहिलमा आधुनिक फलफूल तथा तरकारी बजार सञ्चालनमा आएको छ । शनिवार एक कार्यक्रमकाबीच उक्त तरकारी बजारको उद्घाटन गरिएको छ ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोईरालाले उक्त तरकारी बजारको उद्घाटन गरेकी हुन् । हाल उक्त बजारमा २५० वटा स्टल राखिएको तरकारी बजारका अध्यक्ष रविन्द्र ज्वारचनले जानकारी दिए ।

चाबहिलस्थित ओम अस्पतालको पछाडि सञ्चालनमा ल्याइएको उक्त बजारमा उपभोक्तालाई सस्तो मूल्यमा ताजा तरकारी तथा फलफूल उपलब्ध गराउने उद्देश्य रहेको अध्यक्ष ज्वारचनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL