Logo

कोभ्याक्स अनुदानको ३ लाख ४८ हजार डोज खोप आज नेपाल आइपुग्ने, बंगलादेश र श्रीलंकाले पनि खोप पाउने

कोभ्याक्स अनुदानको ३ लाख ४८ हजार डोज खोप आज नेपाल आइपुग्ने, बंगलादेश र श्रीलंकाले पनि खोप पाउने



काठमाडौं । कोभ्याक्स अन्तर्गतको पहिलो चरणको ३ लाख ४८ हजार डोज खोप आज आइतवार नेपाल आइपुग्ने भएको छ । विश्वका सबै देशमा खोपको समान पहुँच पुर्‍याउने उद्देश्यसहित शुरु गरिएको कोभ्याक्स अभियान अन्तर्गत पहिलो चरणमा उक्त परिमाणको खोप आज नेपाल ल्याउन लागिएको हो ।

नेपालले प्राप्त गर्ने खोपको मात्रा बिहान सवा ११ बजे भारतबाट काठमाडौं भित्रिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले जानकारी दिए ।

कोभ्याक्सले नेपालमा प्रयोगमा ल्याइएको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराउन लागेको हो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् ।

विश्व स्वास्थ्य संगठन र ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी)ले ‘कोभ्याक्स सुविधा’अन्तर्गत २० प्रतिशत नागरिकलाई पुग्ने गरी एक करोड ३० लाख खोप दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL