Logo

७० औं वार्षिकोत्सवमा चेम्बरको दौड प्रतियोगिता : ३१५ जना सहभागी, ४ समुहका १८ जना पुरस्कृत

७० औं वार्षिकोत्सवमा चेम्बरको दौड प्रतियोगिता : ३१५ जना सहभागी, ४ समुहका १८ जना पुरस्कृत



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७० औं वार्षिकोत्सवको अवसरमा दौड प्रतियोगिता सम्पन्न भएको छ । चेम्बरले शनिवार बिहान विभिन्न ४ समुहमा दौड प्रतियोगिता आयोजना गरेको हो ।

चेम्बले स्कुलमा छात्र तथा छात्रा, संचारकर्मी र व्यवसायी गरी ४ समुहका दौड प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा विजेतलाईहरुाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरेका हुन् । पुरस्कार वितरण समारोहमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ समाज स्थापनाका लागि दौड प्रतियोगिता आयोजना गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले नेपाली सेनाद्वारा निर्माणाधीन पूर्वाधार विकास तथा निर्माणका कामले पनि सेनासँग नेपालको निजी क्षेत्रको सामिप्यता बढाएको बताए । “सेना हाम्रो धरोहर हो । राष्ट्रिय विपतका बेला सेनाको अनुपम योगदान रहेको कुरा कसैबाट छिपेको छैन,’ उनले भने, ‘नेपाली सेनाको ख्याती मुलुकमा मात्र नभइ अन्तरराष्ट्रिय स्तरमा समेत बलियो रहेको छ र सेनाले देखाएको अनुशासन हामी सबैले अनुसरण गर्नुपर्दछ ।’

विभिन्न ४ समुह गरी उक्त दौड प्रतियोगितामो ३१५ जना खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा छात्रतर्फ आदर्श सौला युवक माविका उदय लिम्बु प्रथम, नेपालय एजुकेसन फाउन्डेसनका युनिस आले मगर द्वितीय, आदर्श सौला युवक माविका प्रवीण तामाङ तृतीय भएका छन् । यसैगरी भिमोदय मोडेल स्कुलका अमृत बोट, पिस प्वाइन्ट स्कुलका ओमप्रकाश थाकर र एम्स स्कुलका अविनाश कार्कीले सान्त्वना स्थान प्राप्त गरे ।

छात्रातर्फ पञ्चकन्या माविकी सरिता रम्तेल प्रथम, पञ्चकन्या माविकै सोनु घताने द्वितीय, र गान्धी आदर्श स्कुलकी अन्जु खड्का तृतीय भएका छन् । यस्तै सीसीआरसीकी निशा थापा, पञ्चकन्या माविकी कविता चौलागाईँ र नेपाल आदर्श माविकी बसन्ती कु्ँवरले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

पत्रकारहरूतर्फ रमेश शाक्यले प्रथम, बालकृष्ण डंगोल, निकेश खत्री तृतीय भएका छन् । यस्तै व्यवसायीतर्फ सचिन्द्र प्रधानांग प्रथम, नवराज ढकाल द्वितीय र मणिकरत्न शाक्य तृतीय भए ।
कार्यक्रममा वरिष्ठ म्याराथन धावकहरू वैकुण्ठ मानन्धर र रामकृष्ण महर्जनलाई सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL