Logo

मेलम्चीको पानी आज काठमाडौं आइपुग्ने, बागमती नदीमा पानीको सतह बढ्न सक्ने भन्दै स्थानीयलाई सचेत रहन आग्रह

मेलम्चीको पानी आज काठमाडौं आइपुग्ने, बागमती नदीमा पानीको सतह बढ्न सक्ने भन्दै स्थानीयलाई सचेत रहन आग्रह



काठमाडौँ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामार्फत सिन्धुपाल्चोकस्थित मेलम्चीको पानी काठमाडौं आइपुग्दैछ । मेलम्ची परियोजनाको सुन्दरीजल प्रशोधन केन्द्रमा आज पानी आइपुग्ने भएको हो ।

आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार दिउँसो २ देखि ४ बजेभित्र सुन्दरीजलमा पानी झर्नेछ । फागुन १० गते परियोजनाले परीक्षणका लागि २६ किलोमिटर लामो सुरुङमा पानी हालेको थियो । सुरुङ हुँदै आएको मेलम्चीको पानी सुन्दरीजल केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ ।

सुन्दरीजलमा पानी आइपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशोधन केन्द्रको निरीक्षण गर्ने तय भएको छ । आज काठमाडौंमा मेलम्चीको पानी आउने भएसँगै काठमाडौंवासीको तीन दशकभन्दा बढीको प्रतीक्षाले मूर्तरूप पाउने भएको छ ।

मेलम्ची आयोजनाले सुरुङमार्फत पानी काठमाडौं आउने भएपछि गराइसकेको छ । सुन्दरीजलदेखि बल्खुसम्म नै परियोजनाले स्थानीयलाई नदी आसपास नजान सतर्क गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL