Logo

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९ सयले घटेर ८५ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार छापावाला सुन तोलाको ८६ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार १५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL