Logo

तीन सातापछि रसुवागढी नाका सञ्चालनमा, आज सामान बोकेका ७ कन्टेनर नेपाल भित्रिने

तीन सातापछि रसुवागढी नाका सञ्चालनमा, आज सामान बोकेका ७ कन्टेनर नेपाल भित्रिने



काठमाडौं । ल्होसारका कारण गएको माघ २९ गतेदेखि बन्द नेपाल–चीन व्यापारिक नाका रसुवागढी आजदेखि सञ्चालनमा आएको छ ।

नाका खुलेसँगै बिहान ३ वटा गाडी नेपालतर्फ आएका र आज नेपाली व्यवसायीको सामान बोकेको ७ वटा गाडी आउने रसुवागढी भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले उज्यालोलाई जानकारी दिए ।

हिजो बेलुकी चिनियाँ पक्षले नेपाल पक्षलाई नाका खोल्नेबारेको जानकारी गराएको र अहिले गाडी आउन थालेको भन्सार कार्यालयका प्रमुख रेग्मीको भनाइ छ ।

यो वर्ष प्राकृतिक प्रकोप र कोरोना भाइरसको सङ्क्रमणका कारण चीनतर्फको नाका पटक(पटक बन्द हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL