काठमाडौं । नेपाल आयल निगमले मंगलवार थानकोट डिपोबाट तेल उपलब्ध गराएको छ ।
निगमले काठमाडौं उपत्यका र आसपासका विभिन्न जिल्लाहरुबाट ट्याक्सी, सरकारी र अत्यावश्यक सवारी साधनका लागि तेल उपलब्ध गराएको हो ।
मंगलबार ३८ हजार लिटर पेट्रोल र २ लाख ५० हजार लिटरभन्दा बढी डिजेल वितरणका लागि पम्पहरुमा पठाइएको नेपाल आयल निगमले जानकारी दिएको छ ।