Logo

अरुण-३ जलविद्युत परियोजनाको ४० प्रतिशत प्रगति, डेढ वर्षअघि नै निर्माण सकिने

अरुण-३ जलविद्युत परियोजनाको ४० प्रतिशत प्रगति, डेढ वर्षअघि नै निर्माण सकिने



काठमाडौं । लगानी बोर्डको पहलमा नेपाल सरकारका उच्च अधिकारीहरुको टोलीले संखुवासभा जिल्लामा अवस्थित तीब्ररुपमा निर्माण भइरहेको अरुण ३ जलविद्युत परियोजनाको बुधबार निरीक्षण गरेको बार्डले जनाएको छ ।

सार्वजनिक–निजी साझेदारीमा भारतको सतलज जलविदुत् निगकमले निर्माण गरिरहेको उक्त ९०० मेगावाट क्षमताको परियोजना निर्माणको करीब ४० प्रतिशत काम सम्पन्न भइसकेको विकासकर्ता कम्पनीले जनाएको छ । परियोजना विकासकर्ता कम्पनीले निर्धारित समयभन्दा करिब डेढ बर्ष अगावै परियोजना निर्माण कार्य सम्पन्न गर्ने जानकारीसमेत टोलीलाई दिएको छ ।

बार्डका अनुसार निरीक्षणको क्रममा टोलीले परियोजना कार्यान्वयनमा देखिएका समस्याबारे स्थानीय सरोकारवालाहसँग छलफल समेत गरेको छ । उक्त टोलीले संखुवासभाको मकालु गाउँपालिकास्थित फाक्सिन्दा दोभानको परियोजना बाँध निर्माणस्थल तथा चिचिला गाउँपालिकास्थित दिदिङ्गको विद्युतगृह निर्माण कार्यको अवलोकन गरेको छ ।

साथै, उक्त टोलीले परियोजना विकासकर्ता कम्पनीका पदाधिकारी तथा चिचिला गाउँपालिका र मकालु गाउँपालिकाका अध्यक्ष लगायत स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन तथा अन्य सरोकारवालाहरुसँग पनि छलफल रेको छ ।

उक्त टोलीमा गृहसचिव महेश्वर न्यौपाने, रक्षा सचिव रेश्मिराज पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल, उर्जा सचिव दिनेश घिमिरे, लगानी बोर्डकार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, बोर्ड कार्यालयका उपसचिव रमेश अधिकारी, बोर्ड कार्यालयका सिनियर डिभिजनल इन्जिनियर सागरराज गौतम लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्