Logo

आज एकैदिन प्रतितोला १७ सय रुपैयाँले घट्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?

आज एकैदिन प्रतितोला १७ सय रुपैयाँले घट्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (मंगलवार) एकैदिन सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै सोमवार ८८ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ८६ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL