Logo

तोलामा ४ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

तोलामा ४ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सयले बढेर ८८ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ८८ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार २५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL