Logo

प्रतिनिधि सभाको बैठक बोलाउने औपचारिक निर्णय, २३ गते दिउँसो ४ बजे बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस

प्रतिनिधि सभाको बैठक बोलाउने औपचारिक निर्णय, २३ गते दिउँसो ४ बजे बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस



काठमाडौं । प्रतिनिधि सभाको बैठक आउने चैत २३ गते ४ बजे राख्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने औपचारिक निर्णय गरेको हो ।

मन्त्रिपरिषदको आज बसेको बैठकले संसद अधिवेशनको लागि राष्ट्रपतिसमक्ष पत्र पठाउने निर्णय गरेको शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

यसअघिको मन्त्रिपरिषद बैठकले २३ गते संसद अधिवेशन बोलाउनेबारे छलफल गरे पनि औपचारिक निर्णय भने गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
MBL