काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
विराटनगर– ९ स्थित बाबा फ्लोर मिल्सका मुख्य कारोबारी सुरेश कुमार राठीसहित ३ जनाले राजस्व चुहावट गरेको अभियोगमा विभागले १५ करोड ३६ लाख ६३ हजार ६ सय ७२ रुपैयाँ बिगो दावी र कैद जरिवाना माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरेको हो ।
राठीसँगै विभागले कम्पनीका म्यानेजर गिरधारी लाल अग्रवालले वास्तविक बिक्री– आम्दानीभन्दा घटी बिक्री देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आय कर छली कसुर गरेको विभागको आरोप छ ।
आरोपितहरुले भीसीटीएस समेतको पालना नगरेको विभागले आरोप लगाएको छ ।