Logo

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट



काठमाडौं । आईतबार नेपालमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८८ हजार ८ सय रुपेयाँमा कारोबार भईरहेको सुन आईतबार घटेर ८८ हजार ३ सय रुपैयाँ पुगेको हो ।

पछिल्लो समय अन्तरराष्ट्रिय बजारमै सुनको मूल्य ओरालो लाग्दा नेपाली बजारमा पनि यसको असर परेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । महासंघका अनुसार गत शुक्रबार प्रततोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज घट्दै प्रतितोला १ हजार ३ सय २५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्