Logo

भ्रष्टाचार गर्ने जोसुकैलाई कारबाही, निर्दोषलाई फसाउने काम हुँदैन : अख्तियार प्रमुख राई

भ्रष्टाचार गर्ने जोसुकैलाई कारबाही, निर्दोषलाई फसाउने काम हुँदैन : अख्तियार प्रमुख राई



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार गर्ने जोसुकैलाई कारबाही गरेरै छाड्ने बताएका छन् ।
शनिबार बिहान टंगालस्थित आयोगको मुख्यालयमा आयोजित एक कार्यक्रममा उनले तथ्य प्रमाणको आधारमा जोकोहीलाई कारबाही गरेरै छाड्ने बताएका हुन् ।

मुलुकमा भ्रष्टाचारको ग्राफ बढ्दो रहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले आफ्नो कार्यकालमा संविधान, भ्रष्टाचार निवारण ऐन तथा अख्तियारको कार्यक्षेत्रभित्र रहेर पारदर्शी ढङ्गले भ्रष्टाचार नियन्त्रणको काममा लाग्ने बताएका हुन् ।

‘आम नागरिक मिडिया, सोसल मिडियालगायत सबैले बढ्दो भ्रष्टाचारको विषयमा चिन्ता व्यक्त गरिरहेका छन्, उहाँहरूको अपेक्षा अनुसार सबैले महसुस गर्ने गरी नियन्त्रण तथा कारबाहीको काम गर्न पछि हट्ने छैन ।’

फरक प्रसङ्गमा राईले प्रतिसोध तथा पूर्वाग्रहका आधारमा निर्दोषलाई फसाउने काम हुँदै नहुने भन्दै आफ्नो कार्यकालमा आयोग इतिहासमै प्रभावकारी काम गरेर बिदा हुने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL