Logo

चेम्बरको ७० औं बार्षिकोत्सवको अवसरमा निबन्ध तथा चित्रकला प्रतियोगिता, झल्कियो ७० बर्ष अघि र ३० बर्षपछिको व्यापार श्रृङखला

चेम्बरको ७० औं बार्षिकोत्सवको अवसरमा निबन्ध तथा चित्रकला प्रतियोगिता, झल्कियो ७० बर्ष अघि र ३० बर्षपछिको व्यापार श्रृङखला



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७० औं बार्षिक उत्सवको अवसरमा नेपाल युथ चेम्बरले निवन्ध तथा चित्रकला प्रतियोगिता आयोजना गरेको छ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने प्रतियोगीहरुलाइ पुरस्कार प्रदानसमेत गरिएको छ ।

पुरस्कार दिँदै प्रहरी महानिरीक्षक थापाले युवाहरुबाट सृजीत चित्रकलाहरु अवलोकन गर्दा नयाँ पुस्ता बढि जिम्मेवार, दुरदर्शी तथा परिपक्वता झल्किएको महशुस गरेको बताए । उनले प्रतियोगीहरुमा उच्चकोटीको कलाकार हुने गुण रहेको र कलाकारहरुवाट प्रस्तुत ल्याण्डस्केप, रंगको संयोजनहरुवाट आफुले नविन ज्ञान पाएको जानकारी दिए । यस प्रकारको कार्यक्रम संयोजन गरेकोमा चेम्बरलाइ धन्यवाद ज्ञापन गर्दै मुलुककको समृद्धिको लागि चेम्बरले थप योगदान दिने विश्वास व्यक्त गरे ।

आमन्त्रित सहभागीहरुलाई स्वागत गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कलाकारहरुवाट सृजित कलाकृतिहरुलाई अवलोकन गरी यसलाइ मनन गरी दिन आग्रह गरेका छन् । आजको कलाकृतिहरुमा ७० वर्ष अघिको व्यापार प्रणाली तथा ३० वर्ष पछिको व्यापार प्रणालीको तुलनात्मक रुपमा प्रतिविम्वित भएको उनले बता ।

नेपाल युथ चेम्वरका उपाध्यक्ष नेहा श्रेष्ठ अमात्यले नेपाल युथ चेम्बरको भूमिकाबारे बताउँदै यस कार्यकमले युवाहरुमा निहीत प्रतिभाको उजागर गरी प्रोत्साहन गर्ने रहेको बताईन । आज पुरस्कृत हुनेमा चीत्रकला प्रतियोगितामा आजको ३० बर्ष पछिको समुद्ध नेपाल शिर्षकमा विवेक लामा, टासी सलाका शेर्पा तथा सोनाम घोले क्रमशः प्रथम, द्वितीय तथा तृतीय स्थान हाशिल गरेका छन् । । यस्तै ७० वर्ष अघिको नेपाली व्यवसायू शिर्षकमा कृष्णभक्त डंगोल, रुधी महर्जन तथा छोङ लामा कमशः प्रथम,द्वितीय तथा तृतीय स्थान हाशिल गरेका थिए ।

निबन्ध प्रतियोगितामा दीपक अधिकारी, दिपेन्द्र अधिकारी रवी कमार वरुवाल क्रमशः प्रथम द्वितीय तथा तुतीय स्थान हाशिल गरेका थिए । चतुर्थ तथा पांचौ स्थान हाशिल गर्ने बिनिता थापा, सोनाम मोक्तान, एन्जन आले मगर रामकृष्ण बोगटी तथा अशोक मिश्रलाइ सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । यस कार्यक्रम संयोजन गर्नका लागि विशेष भूमिका निर्वाह गर्ने श्री पशुपती मित्र क्याम्पस तथा ललितकला क्याम्पसका क्याम्पस चीफ कमशः चन्द्र प्रसाद पन्त तथा डा. रमेश पोखरेललाई सम्मान पत्र प्रदान गरिएको थियो ।

निवन्ध प्रतियोगिताका निर्णायक मण्डलका कवेर चालिसे प्रमोद गिरी तथा नवराज चालिसे एवम चित्रकला प्रतियोगिताका निर्णायक मण्डलका सरगंगा दर्शनधारी, सागर मानन्धर तथा राधेश्याम मुल्मीलाइ प्रसंशापत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल यूथ चेम्बरका अध्यक्ष दीपेश रत्न तुलाधरले धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश कुमार अग्रवाल तथा दीपक मल्होत्राको पनि उपस्थिति रहेको थियो। त्यसै गरी महानगरीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक उमेश रंजितकार तथा महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंहको पनि उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL