काठमाडौं । सरकारले आइतवार देखि दाउरा विक्री शूरु गरेको छ । वन तथा भू संरक्षण मन्त्रालयले वन तथा भू(संरक्षण मन्त्रालयले टिम्बर कर्पोरेशन अफ नेपाल (टीसीएन)को डीपोबाट दाउरा बेच्न थालेको हो ।
भारतीय नाकाबन्दीका कारण बजारमा ग्यास तथा मट्टीतेलको अभाव भएपछि काठमाडौंको सर्वाधारणलाई लक्षित गरी दाउरा बेच्न थालेको छ ।
आज टीसीएनको बालकुमारी र पशुपति डिपोबाट दाउरा बिक्री भइरहेको छ । दाउरा किन्नका लागि आफ्नो नागरिकता देखाएर कुपन लिनुपर्ने बताइएको छ । सर्वसाधारणले १५ रुपैयाँ किलोको दरले बढीमा एक सय किलोसम्म दाउरा किन्न पाउनेछन् । त्यसैगरी संघ संस्थाहरुले बढीमा ५ सय किलो दाउरा प्रतिकिलो १७ रुपैयाँका दरले किन्न पाउने छन् ।
तराई र चुरे क्षेत्रमा घाटगद्दी गरिएका दाउरा वन मन्त्रालयले बिक्रीका लागि काठमाडौं ल्याउने गरेको छ ।
बाराको पथलैया, पचाहा लगायतका स्थानबाट १२ ट्रक दाउरा बिक्रीका लागि काठमाडौं ल्याइएको टीसीएनका महाप्रवन्धक वीरेन्द्रकुमार यादवले जानकारी दिए ।