Logo

निर्वाचन आयोगद्वारा २५ करोड रुपैयाँ बराबरको निर्वाचन सामग्री किन्न बोलपत्र आह्वान, के-के छन् खरीद सूचीका सामग्री ?

निर्वाचन आयोगद्वारा २५ करोड रुपैयाँ बराबरको निर्वाचन सामग्री किन्न बोलपत्र आह्वान, के-के छन् खरीद सूचीका सामग्री ?



काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि निर्वाचन का लागि निर्वाचन सामग्री खरिदको तयारी गरेको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेको र इजलासले फैसला सुनाउने तयारी गरिरहेको अवस्थामा आयोगले निर्वाचन सामग्री खरिदका लागि प्रक्रिया अघि बढाएको हो । सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेको आयोगले विभिन्न काम थालिसकेको छ ।

निर्वाचनका आवश्यक पर्ने ३६ प्रकारका सामग्रीमध्ये २१ प्रकारका सामग्री किन्नका लागि आयोगले बोलपत्र आह्वान गरेको हो । आयोगले झण्डै २५ करोड रुपैयाँ बराबरको चुनावको सामग्री किन्न प्रक्रियाअनुसार बोलपत्र आह्वान गरेको छ ।

बोलपत्रदाताहरुले आजदेखि १७ गतेभित्र बोलपत्र फारम खरिद गरिसक्नुपर्ने र १८ गते दिउँसो १२ बजेसम्म सिलबन्दी बोलपत्र आयोगमा दर्ता गरिसक्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगकाअनुसार छपाइसम्बन्धी मत पेटिका स्टिकर र परिचयपत्र, पोलबुक र कार्डहरु, सुरक्षण सिल र रबर म्याट, रबर र पित्तलको स्वस्तिक छापलगायतका सामग्रीका लागि बोलपत्र आह्वान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL