Logo

प्रधानमन्त्री ओलीले बोलाए राष्ट्रिय सुरक्षा परिषदको बैठक, मन्त्रिपरिषद बैठक पनि आजै

प्रधानमन्त्री ओलीले बोलाए राष्ट्रिय सुरक्षा परिषदको बैठक, मन्त्रिपरिषद बैठक पनि आजै



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । ओलीले सुरक्षा परिषद्को नियमित बैठक मंगलवार बिहान साढे ९ बजेका लागि बोलाएको निजी सचिवालयले जनाएको छ । गम्भीर सुरक्षा चुनौती देखिँदा यस्तो बैठक बोलाइने गरिन्छ । आजका लागि आह्वान गरिएको बैठक नियमित बैठक मात्रै भएको बताइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच हिजो भेटवार्ता हुनुले पनि आजको बैठकलाई अर्थपूर्ण मानिएको छ। बैठकमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी हुने बुझिएको छ ।

समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद रहने संवैधानिक प्रावधान छ । बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र आउँदो वैशाखमा हुने चुनावलगायतका विषयमा छलफल हुने छ ।

यस्तै आजै मन्त्रिपरिषदको बैठक बस्नेछ। विहान १० बजे मन्त्रिपरिषदको बैठक पनि डाकिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
MBL