Logo

राष्ट्रिय खाद्य बैंकको योजना : प्रमोटर शेयर सदस्य संख्या बिस्तार गर्दै आइपीओ जारी गर्ने

राष्ट्रिय खाद्य बैंकको योजना : प्रमोटर शेयर सदस्य संख्या बिस्तार गर्दै आइपीओ जारी गर्ने



काठमाडौं । राष्ट्रिय खाद्य बैकले प्रमोटर शेयर सदस्य संख्या बिस्तार गर्दै केही बर्षभित्रै साधारण शेयर (आइपिओ) जारी गर्ने लक्ष्य सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रम आयोजना गरि बैंकले हालसम्म ४९१ जना प्रमोटर शेयर सदस्य रहेको र त्यसलाई अझै विस्तार गर्दै केही बर्षभित्रै आइपिओसमेत जारी गर्ने लक्ष्य लिएको जनाएको हो ।
बैंकका अनुसार यही २०७७ चैत्र १५ गते भित्र बैकले नयाँ वानेश्वरमा तयार गरेको केन्द्रिय कार्यालयको प्रधानमन्त्रीबाट उद्घाटन गर्ने र २०७८ वैशाख भित्र सबै प्रदेश कार्यलयको उद्घाटन गर्ने गरी तयारी गरिरहेको छ ।

‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नारासाथ स्थापना भएकोे राष्ट्रिय खाद्य बैक लिमिटेड देशको ७७ ओटै जिल्ला र प्रदेशहरुमा उपस्थीति जनाउँदै कृषि उत्पादन र बजारिकरणमा समर्पित संस्था भएको बताइएको छ । दुई अर्ब लगानीमा स्थापना भएको यो बैकले क्रमश उत्पादन बढाउँदै, व्यवसाय विस्तार गर्दै अगाडि बढ्ने लक्ष्य लिएको जनाएको छ ।

कृषि क्षेत्रमा ठुलो लगानी, रोजगारी बढाएर उत्पादनमा वृद्धि गर्ने, कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, राज्यको ‘सम्मृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सहयोग गर्ने, क्रमश अग्रानिक उत्पादनलाई जोड दिने, कृषि क्षेत्रमा आवश्यक ज्ञान, सिप, विउ, विजन, मलजलको समुचित व्यवस्थापन गर्ने गरी दक्ष जनशक्ति, विशेषज्ञ वैज्ञानिक लगायतको सहभागितामा यो बैक अगाढि बढेको बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए ।

बैंक आफैले खाधन्न, गेडागुडी, हरियो तरकारी, फलफुल, दहि दुध, माछा मासु, चिया, जडिवुटी लगायतको उत्पादनको कार्य गर्दछ । साथै यो बैकले कृषि क्षेत्रको आवश्यक अध्ययन, अनुसन्धानको पनि कार्य गर्दछ । देशैभरका किसानहरुसँग सहकार्य गरी गर्ने उदेश्य लिएको बैकले कृषि कम्पनीहरु, कृषि सहकारीहरु, कषि समुहहरु, कृषिसँग सम्बन्धी अन्य संघसस्थाहरुसँग पनि सहकार्य गरी कार्य अघि बढाउने लक्ष्य लिएको र सोहीअनुसारको कार्य सुरु पनि गरेको उप्रेतीले बताए ।

बैकले सरकारी खाली जग्गाहरु, सामुदायिक वनका खाली जग्गाहरु, गुठीका जग्गाहरु, व्यक्तिका जग्गाहरु लिजमा लिएर उत्पादनको कार्य अघि बढाउने छ । यस बंैकले हालसम्म कैलाली, कञ्चनपुर, वर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, बुटवल, पोखरा, रौतहट, बारा, लम्जुङ, पर्सा लगायतका जिल्लाहरुमा जग्गा लिजमा लिने र उत्पादन सुरु गर्ने कार्य अघि बढाइसकेको छ । ती जिल्लाहरुमा जग्गा लिजमा लिने गृहकार्य अन्तिम चरणामा पुगिसकेको छ ।

हालसम्म बैकले वर्दिया जिल्लाको गुलेरीया नपा ३ खैरी लगायत वर्दिया जिल्ला विभिन्न ठाउँमा २०० विघा जग्गा लिजमा लिइसकेको छ । सोही स्थानमा करिव ५००० विघा किसानका जमिनहरुमा सहर्काय गर्दै उत्पादन कार्य अघि बढाउने कुरा पनि अघि बढीसकेको छ । त्यसैगरी झापा, मोरग, सुनसरी जिल्लामा १०४१ विघा र लमजुङमा ५० रोपनी जग्गा लिजमा लिने सहमती भएको र औपचारिक हस्ताक्षर हुन बाँकी रहेको छ ।

पहिलो चरणमा धान, गहुँ, कोदो, मकै, आलु, तोरी, गेडागुडी, लगायतको उत्पादनलाई बैंकले प्राथमिकता दिएको छ । दोश्रो चरणमा माछा–मासु, फलफुल, दुध, तरकारी आदि उत्पादनलाई जोड दिनेछ । खासगरी पाइलट प्रोजेक्टको रुपमा हरेक प्रदेश र जिल्लाहरुलाई कृषि उत्पादनको पकेट क्षेत्रको रुपमा विकसित गदै किसानलाई नै अधिकतम कृषि उत्पादनमा सरिक गराउने, उनीहरुले गरेका उत्पादनको बजार सुनिश्चित गर्ने कार्य यो बैंकले सहकार्य गर्दछ ।

धान विज्ञ डा भोलामान सिंह बस्नेत, कृषि वैज्ञानिक खड्गभक्त पौडेल, वनस्पती वीज्ञ प्राडा चन्द्रप्रकास पोखरेल, गहूँ विशेषज्ञ डा मदन भट्ट, पशुपक्षीं विज्ञ डा बल बहादुर चन्द, कृषि विज्ञ शिव यन्दोलगायतका विज्ञहरुको सहभागिता रहेको यस बैकमा १५० जना भन्दा बढी कृषि, पोषण, वनस्पतीसँग सम्बन्धी अध्ययन गरेका व्यक्तिहरु संस्थापकको रुपमा रहेका छन् । साथै २०० जना कृषि प्राविधिकहरु पनि यो बैकमा संग्लन रहेका छन् ।

कृषिमा देशलाई आत्मनिर्भर बनाउने अभिप्रायले अगाडि आएको यो बैकले गुणस्तरयुक्त खाद्य सामग्रीहरुलाई सुरक्षित भण्डारण गरी बैंक मार्फत आफनै सेल्स डिपो र होम डेलिभरीहरु इ–कर्मशमार्फत विक्रि वितरण गर्ने उद्देश्यसमेत बनाएको छ । त्यसैगरी यो बैकले कृषि उत्पादन बृद्धि र व्यवसाय विस्तारको लागि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना मार्फत आफना गतिविधिहरु सार्वजनिक गरिसकेको छ ।

कृषि पेशालाई मर्यादित, सम्मानित बनाएर राष्ट्रिय उत्पादन बढाउने, देशलाई आत्मनिर्भर बनाउने कार्यलाई यो बैकले अभियानको रुपमा अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL