Logo

नर्भिक हस्पिटलको ओपिडी कक्ष डिजिटाइज्ड, सबै सेवाहरु स्मार्ट

नर्भिक हस्पिटलको ओपिडी कक्ष डिजिटाइज्ड, सबै सेवाहरु स्मार्ट



काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले पुरानो आउट पेसेनट डिपार्टमेज्न्ट (ओपिडी)को पुनर्निर्माण गरी डिजिटाईज्ड गरेको छ । अस्पतालले विश्वस्तरीय सेवा दिने अभियानलाई तीव्रता दिंदै आफ्नो पुरानो आउट पेसेन्ट डिपार्टमेन्ट(ओपिडी)को पुननिर्माण गरी अझ स्तरीय, आधुनिक बनाई सेवाहरुलाई डिजीटाइज्ड गरेको हो । विश्वस्तरीय नयाँ ओपिडीको संचालन २०७७ फागुन ९ गते आइतबारदेखि औपचारिक रुपमा थालिएको छ ।

नर्भिक इन्टरनेशनल हस्पिटलका म्यानेजिङ डिरेक्टर मेघा चौधरीका अनुसार नर्भिकले आफ्नो सम्पूर्ण सेवालाई पूर्ण रुपमा डिजीटाइज्ड गरी अत्याधुनिक बनाउने कामको ओपिडीबाट सुरुवात गरेको हो ।

अत्याधुनिक ओपिडीमा आधुनिक लुक्सको साथमा पहिलाभन्दा अझ स्तरीय सेवा, सबै सेवाको पूर्ण डिजीटाइजेसन तथा स्मार्ट स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको व्यवस्था गरिएको छ । अस्पतालमा बिरामीले पैसा तिरेपछि सोहीअनुसारको सेवा पाउन सकून् भन्ने उद्देश्यले नर्भिकको सेवालाई अत्याधुनिक बनाउने थालनीको रुपमा ओपिडीबाट रेनोभेसनको काम थालिएको एमडी चौधरीले जानकारी दिईन । ‘अस्पताल हाताभित्र पुग्दा दुर्गन्ध आउने, मानिसहरुको अव्यवस्थित भीडभाड देखिने परम्परावादी दृश्यहरु कसैले देख्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो ।’ चौधरीले भनीन–‘यही उद्देश्यले हामीले कोरोना संक्रमणका कारण चौपट बनेको विजिनेश लयमा नफर्किएको अवस्थामा समेत बिरामीको हितलाई सर्वोपरि मान्दै यो काम गरेका हौं।’

अत्याधुनिक ओपिडीमा बिरामीहरुले पट्यारलाग्दो ढंगले पालो कुरिरहनु पर्दैन । आरामदायी ढंगले वातानुकुलित र स्तरीय प्रतिक्षालयमा बसेर आफूले लिएको टोकनसँग सम्बन्धित सूचना डिजीटल डिस्प्लेमा डिस्प्ले भएपछि मात्र बिलिङका लागि जानुपर्ने सुविधा उपलब्ध छ । यस्तै, कुनै डाक्टरको अपोइनमेन्टका लागि समेत टोकन लिएर आफ्नो नाम डिस्प्लेमा हेर्दै बसे पुग्छ, लाइन लागिरहनुपर्ने वा द्विविधामा हुनुपर्ने समस्या रहन्न ।

नर्भिकले प्रत्येक कन्सलट्यान्टहरुसम्म बिरामी पुग्नुभन्दा अगाडि उनीहरुको भाइटल लिनका लागि ३ वटा स्तरीय कोठा समेत त्यहीँ तयार गरेको छ । ओपिडी सेवाको विषयमा कुनै समस्या आए तत्काल समाधान हुने गरी ओपिडी इञ्चार्जको रुम पनि सँगै राखिएको छ ।

आफ्ना कन्सलट्यान्टको रुमभित्र पस्नुअघि पनि बिरामीले द्विविधामा पर्नुपर्दैन, कारण प्रत्येक कन्सलट्यान्टको रुमको ढोकामै उनीहरुको फोटोसहितको डिजीटल बोर्ड समेत राखिएको छ ।
नर्भिकले हाल ओपिडीको मात्र विश्वस्तरीय रुपमा पुननिर्माण र डिजीटाइज्ड गरे पनि यो अभियान जारी राख्ने र अन्य विभाग तथा सम्पूर्ण अस्पताललाई नै यही ढंगले परिवर्तन गरी सेवालाई पूर्ण आधुनिक, समयसापेक्ष र डिजीटाइज्ड बनाउने योजना बनाएको छ ।

पूर्ण डिजीटाइज्ड स्वास्थ्य सेवा दिने उद्देश्यले नर्भिकले आफ्नै मोवाइल एप्स निर्माणको काम पनि अन्तिम चरणमा पुर्याएको छ । त्यसपछि बिरामीहरुले अस्पतालमै पुगेर डाक्टरको समय लिइराख्नुपर्दैन, एप्सबाटै बुकिङ तथा बिल भुक्तानी गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्