Logo

रामदेवको पतञ्जलीले उत्पादन गरेको कोरोनाविरुद्धको औषधि १५४ देशमा निर्यात हुने, ‘कोरोनिल’ लाई डब्लूएचओको मान्यता

रामदेवको पतञ्जलीले उत्पादन गरेको कोरोनाविरुद्धको औषधि १५४ देशमा निर्यात हुने, ‘कोरोनिल’ लाई डब्लूएचओको मान्यता



काठमाडौं । योग गुरु रामदेवको कम्पनी पतञ्जलीले बनाएको कोरोनाविरुद्धको औषधि ‘कोरोनील’ लाई विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले स्विकृत दिएको बताईएको छ ।

कम्पनीले उत्पादन गरेको कोरोनीललाई डब्लुएचओले विभिन्न १ सय ५४ देशमा निर्यात गर्न सकिनेगरी स्विकृति पाएको आचार्य बालकृष्णले जानकारी दिएका हुन् ।

विभिन्न २५० भन्दा बढी रिसर्चपछि उक्त औषधिको आविस्कार भएको योगगुरु रामदेव बताउँछन् । आज आयोजना गरिएको कोरोनील सार्वजनिक कार्यक्रममा उनले कोरोनीलमा कसैले पनि प्रश्न उठाउन नसक्ने बताएका छन् ।

‘हामीसँग विभिन्न २ सय ५० ओटा रिसर्च पेपर छन् जसमा कोरोनाका लागि मात्रै २५ बढी रिसर्च पेपर तयार पारिएको थियो,’ उनले भने, ‘अब कोरोनीलको बारेमा प्रश्न उठ्ने कुरा हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्